नियम ३७
धन्यवादको प्रस्ताव

(१) राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेपछि बसेको बैठकमा प्रधानमन्त्रीले सम्बोधनको एक प्रति टेबुल गर्नेछ ।
(२) नियम ३६ बमोजिम राष्ट्रपतिले सम्बोधन गरेपछि बसेको बैठकमा प्रधानमन्त्रीले सम्बोधनको एक प्रति टेबुल गर्नेछ ।
(३) राष्ट्रपतिबाट गरिएको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्न सभामुखले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछ र सभामुखले उक्त प्रस्ताव नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनु अगावै निर्णयार्थ प्रस्तुत गर्नेछ ।
(४) सभाले पारित गरेको धन्यवादको प्रस्ताव सभामुखले राष्ट्रपति समक्ष पेश गर्नेछ ।